इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका केही कर्मचारीहरु सिनियर हाकिमको दम्भका कारण आफुखुशी ससुराली आए जस्तो कार्यालय आउने गरेको छन् ।
कार्यालयमा बिदा बाहेक कर्मचारीहरु दैनिक नआएपछि सेवाग्राहीहरुलाई सम्स्या समेत झेल्नु परेका छन् ।
ज्ञान केन्द्रमा ज्ञानी कर्मचारीहरु होला भनेर लागेको तर ज्ञान केन्द्रका हाकिमदेखी सहयोगी सम्मको कार्यशैली ससुरालीमा आएको ज्वाइँ जस्तो देखिएको एक सेवाग्राहीले गुनासो गरे ।
सेवाग्राहीको यस्तो गुनासो आएपछि प्रदेशप्वाइन्टको टिम कार्यालय पुग्दा सेवाग्राहीले भनेको भन्दा थप धेरै अस्तव्यस्त र लापारवाही देखियो ।
कार्यालयमा कार्यकक्ष खाली थियो भने पंखा चलिरहेको, कार्यकक्ष प्रवेश ढोकामै लेखिएको बाहिर भित्र अप्सनमा भित्र लेखिएको भएपनि कर्मचारी भने भित्र नरहेको फेला परेकोे छ ।
कार्यालयमा कर्मचारी वा कार्यालय प्रमुखले बिदा बस्नुपर्दा वा फिल्डमा जादाँ होस् की काजमा जादाँ काग्जी प्रकृया मिलाएर लगबुक भरेर र बिदा स्वीकृत गरेर जानुपर्नेमा कार्यालयका प्रमुख देखी कार्यालय सहयोगी सम्म १२ जना कार्यरत्त रहेकोमा कोहीपनि प्रकृया मिलाएर बिदामा नबसी अनुपस्थित रह्ने गरेको गुनासोको बीच बिहीबार कार्यालय प्रमुख सहित ८ जना अनुपस्थित देखिएको थियो ।
कार्यालयमा नबस्ने प्रमुख निलकमल सिंह भने हुक्मीशैलीमा कार्यालय चलाएको र पद, पहुँच र पैसाको बलमा कार्यालयमा नबस्ने गरेको एक सेवाग्राहीले जानकारी दिएका छन् ।
सुनसरी र मोरंग गरी दुई जिल्ला हेर्नेगरी इनरुवामा कार्यालय रहेकोमा फिल्डमा नगई सुनसरीकोले सोध्दा मोरंग तीर गएको र मोरंगकाले सोध्दा सुनसरी तीर गएको भन्दै डिजिटल जवाफ दिदैँ घरपरिवार र छोराछोरीसँग रमाउने गरेको सेवाग्राहीको आरोप रहेको छ ।
कार्यालयमा बिहीबारमात्रै यही बाहानाबाजीमा रहेका कार्यालय प्रमुख सिंह आफु बाहिर रहेको प्रतिक्रिया दिए भने कार्यालयका सहायक प्रमुख धिरेन्द्र मिश्र असारदेखी हाल सम्म कार्यालयमा नआएको फेला परेको छ । त्यस्तै नियमित कार्यालय नआउने कर्मचारी प्रविण श्रेष्ठ, दिपक तिम्लिसिना र नयनबहादुर राई (हाल बिरामी भई उपचाररत्त रहेका) छन् ।
Discussion about this post