इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीले गत आर्थिक वर्ष २०७८/०७९ को विभिन्न शिर्षकमा विनियोजित गरिएको रकममा हिनामिना गरिएको खुलेको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निमकमल सिंहले अनियमिततामा माहिर रहेको समेत किसानहरुले गुनासो गरेका छन् ।
कमिशन नआउने भएपछि भोक्राहा नरसिंह गाउँपालिकामा रहेका किसानहरुलाई कार्यक्रम दिने नौटंकी बहाना देखाई कार्यक्रम नदिएको आरोप बाहिर आएको छ ।
जिल्लामा पद पहुँच र कमिशनको पैसाको आधारमा मात्रै कृषिको कार्यक्रम तथा योजनाहरु वितरण गर्दा बास्तविक किसान पनि मार्कामा परेका छन् ।
जिल्लाको दक्षिणवर्ती क्षेत्रमा कृषिको हव नै रहेको भएपनि सरकारी लगानी र अनुदान भने पहुँचवालाको कब्जामा पर्ने गरेको भोक्राहा नरसिंह गाउँपालिका का किसान प्रविण मेहताले आरोप लगाएका छन् ।
मेहताले कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले सुनसरीमा पटक पटक आएकाले कमिसनको लाइन मिलेकाहरुलाई मात्रै कार्यक्रम दिएको र बास्तविक किसानहरुलाई उपेक्षा गरेको गुनासो गरे ।
ज्ञान केन्द्रमा अहिले हाकिम भएर आएका सिंहले विगतमा पनि गरेका कामबाट कमिसन र पीसि खान पल्केकाले उसको बेग्लै चर्चा हुने गरेको स्थानीयहरुको आरोप रहेको छ ।
सिंह आफ्नो जिम्मेवारी भन्दा कमिसन र चाकरीमा व्यस्त बनेकाले बास्तविक किसानहरु मारमा परेका स्थानीय किसानहरुले आरोप लगाएका छन् ।
किसानहरुले बताएअनुसार हुलाकी राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम, नमुना कृषि फर्म स्थाप्ना सहयोग कार्यक्रम, कागती खेती मिसन कार्यक्रम, एक पालिका एक नर्सरी, अदुवा मिसन कार्यक्रम, कृषि बजार तथा संकलन केन्द्र निर्माण लगायतका कार्यक्रमहरु वितरणमा कमिसनको लाइन मिलेकाहरुलाई मात्रै कार्यक्रम दिएको र बास्तविक किसानहरुलाई उपेक्षा गरेको उनीहरुले आरोप लगाए ।
Discussion about this post