इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर ९ स्थित रहेको सरस्वती मावि बबियाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन स्थगीत गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचन स्थगीत गरेको भन्दै समाजिक सञ्जालमा समेत आलोचना गर्दै सदस्य उमेदवारी गराएका जयकृष्ण यादवले निर्वाचन स्थगित भए लगतै फेसबुकमा स्टाटस र विज्ञप्ती जारी गरेका छन् । यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, आदरणीय आमाबुबा तथा अभिभावक एवं शुभचिन्तक, इष्ट मित्रहरुले म प्रति देखाउनुभएको सहानुभूति, माया, ममता , स्नेह र सदभाव प्रति आभार प्रकट गर्दछु। शैक्षिक संस्था सुधार र गुणस्तर कायम गर्ने उद्देश्यले विधालय व्यवस्थापन समितिमा अध्यक्ष बन्ने तयारी स्वरूप भदौ छ गते मनोनयन दर्ता भएको तर सरस्वती मावि बबिया, इनरुवा ९ सुनसरीको आकस्मिक पत्रले निर्वाचन प्रक्रिया अर्को सुचना जारी नभएसम्म स्थगित गरिएकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
विधालय व्यवस्थापन समितिका लागि राजनीतिक हस्तक्षेप स्वरुप निर्धारण गरेको प्रकृया नै स्थगित गरिएको हुँदा प्रकृया अविलम्ब सुचारु गर्न जोडदार माग गर्दछु। यस विधालयमा मेरो आवश्यकता महशुस गर्नुभएको सबै राजनीतिक दलका प्रतिनिधिहरु, विधार्थी, अभिभावक,समाजसेवी, र शिक्षा प्रेमी, जनप्रतिनिधिहरुलाइ यसै विग्यप्ती मार्फत हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछु। साथै इनरुवा नगरपालिकाको आकस्मिक पत्रले निर्वाचन प्रक्रिया स्थगित गरिएको घटना सार्वजनिक भएपछि अभिभावक र विद्यार्थीको मनोविज्ञानमा असर पर्ने भएकाले यथासिघ्र प्रकृया अगाडि बढाउन जोडदार माग गर्दछु।
Discussion about this post