इनरुवा । सुनसरीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार २०६१ मंसिर २३ गते रातको समयमा इनरुवा २ मा १४ वर्षीया बालिकालाई सुरज बिकसहितको समूहले आफ्नै घरमा सामूहिक बलात्कार गरेको थियो ।
प्रहरीका अनुसार ४।५ जनाको समूहले बालिकालाई बलात्कार गरेपनि बिक फरार रहँदै आएका थिए ।
घरमा सुतेको अवस्थामा पीडित बालिकाका बुबा–आमालाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर बालिकालाई सामूहिक बलात्कार गरी अचेत अवस्थामा छाडेर फरार भएको खुलेको डीएसपी राईले बताए ।
उनका अुनसार सर्वोच्च अदालतबाट प्रतिवादी सुरज विश्वकर्माको ९ वर्ष ५ महिना १९ दिन कैद भुक्तान तोकेको थियो ।
कैद भुक्तान गर्न बाँकी रहेकालाई खोजतलास गर्ने क्रममा विश्वकर्मालाई २०७९ भदौ ५ गते बराहक्षेत्र नगरपालिका वडा नं. ५ भरौलबाट पक्राउ गरिएको हो ।
फरार प्रतिवादीलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०७९।८० मा ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।
Discussion about this post