सन्तोष मेहता /विराटनगर । प्रदेश नम्बर १ काे राजधानी समेत रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले धर्म, संस्कृति र कलाको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनु भएको छ । नेपाल कुशवाहा कल्याण समाज मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले धर्म, संस्कृति र कला समाजको पहिचान भएको बताउनुभयो । उहाँले नेपाली धर्म, संस्कृति र कलालाई विदेशी संस्कृतिले ओझेलमा पार्दै लगेको विचार राख्नुभयो । उहाँले धर्म, संस्कृति र कलाको संरक्षण गर्ने जिम्मा समाजमा रहेका सबैको दायित्व भएको उल्लेख गर्नुभयो । कुशवाहा सामुदायीक भवन निर्माण गर्न विराटनगर महानगरपालीकाको पुर्ण सहयोग रहने मेयर कोइरालाले बाचा गर्नुभयो । २४ औं कुश जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्राध्यापक डाक्टर रामशरण मेहता र महेन्द्र मोरङ क्याम्पसका सह प्राध्यापक धर्मेन्द्र सिंहलाई सम्मान गरिएको थियो । समारोहमा बुद्धिजीवी परमानन्द मेहता, प्रकाश महतो, कुशवाहा कल्याण समाज मोरङका अध्यक्ष हरिनारायण मेहता, महानगर समितिका अध्यक्ष सूर्यनारायण मेहता ,अरबिन्द मेहता, पकंज मेहता,श्यामदेव मेहता, नन्दकिसोर मेहता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मोरङ र सुनसरीका कुशवाहा समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post