शुभ नारायण यादव/ सप्तरी । पछिल्लोपटक सप्तरीमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि विभिन्न समानहरु धमाधम बरामद हुन थालेकाे छ । साेहि क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ बाट २०० लिटर अबेध मदिरा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कडरबाेनाबाट खटिएको टाेलिले गाइघाट कदमाहा सडक खण्ड अन्तरगत सुरुङ्गा नगरपालिका वडा न.५ स्थित एक घरमा शङ्का लाग्दा चेकजाँच गरि साे अबैध मदिरा नियन्त्रणमा लिइ स्थानीय वडाअध्यक्ष दिलाराम चाेधरी सहित भद्रभलादमि ,बुद्धिजीवी लगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति एंव सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयो । यस्तै सप्तरीको राजगढ गाउँपालिका वडा न.२ स्थित बनेनियाबाट झण्डै २५ हजार मूल्य बराबरको अबेध राजनिवास मरामद गरेकाे छ । बिओपि बनेनियाका सशस्त्र प्रहरी निरिक्षक तुलसि राम कार्कीको कमाण्डमा खटिएको टाेलिले साे अबैध राजनिवास मरामद गरिएको जनाएको छ । भारतबाट अबेध रुपमा नेपालतर्फ भन्सार छलि ल्याउदैं गरेकाे अवस्थामा १०६ प्याकेट राजनिवास बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यता बरामद गरिएका अबैध समानलाइ आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि बुझाइएको तथा तस्करकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post