महेश सिंह /सिरहा –सिरहाको लहान नगरपालिकाको बजार र राजमार्ग अन्तर्गत पर्ने लहान बजारको मुख्य चौकहरुमा अपराधीक घटनाहरुलाई सहज र सरल तरिकाले पता लगाउन लहान नगरपालिकाले ईलाका प्रहरी कार्यालय लहानको अनुरोधमा अस्पताल चौक र सहिद पार्कमा सिसी क्यामरा जडान गरिने मेयर महेश प्रसाद चौधरीले बताए।
बिगतमा जडान भएको सिसी क्यामरालाई निरीक्षण गर्न मेयर चौधरीले ईलाका प्रहरी कार्यालय पुगेकाका थिए।राजमार्गको मुख्य दुई स्थानमा गाडीहरूको नम्बर पलेट शिशी क्यामराबाट प्रष्ट देखिने सिसी क्यामरा जडान गरिने मेयर चौधरीले बताए।
लहानमा अपराधीक घटनाहरु दिन प्रति दिन निकै बढदै जादा स्थानीय र सर्बसाधारणहरुले जोखिम खेपी रहेका छन्। राजमार्गमा हुने सडक दुर्घटनाको गाडीहरूलाई सहज र सरल तरिकाले पता लगाउनमा सहयोग होस् भने उदेश्यले क्यामरा जडान गर्न लगेका हुन्।
Discussion about this post