मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीमा प्रहरीले लाखौं बराबरकाे अबैध सामान पक्राउ गरेकाे छ । कैलालीको टीकापुर नगरपालिका वडा न ८ श्रीलंका बाट अबैधरुपमा नेपाल भित्र्याउन लागेकाे सामान बरामद गरेकाे छ । टीकापुर ७ सत्ती स्थित प्रहरी चाैकी सत्तीबाट प्रहरी नायब निरिक्षक राजेन्द्र बहादुर कुमालकाे नेतृत्वमा खटि गएकाे टाेलीले श्रीलंकाबाट गए राती करिब ११ बजे पक्राउ गरेकाे जनाएकाे छ । श्रीलंकाबाट शसस्त्र प्रहरी बिओपी श्रीलंकाकाे मिलेमतोमा व्यापक तस्करी हुने गरेकाे भन्ने बिशेष सुचनाका आधारमा गएकाे गस्तिटाेलीले कपडा सुट २७७ पिस ,सुरुवाल ४८ पिस , कारकाे ब्याट्री २ पिस र मेघा सेभेन लाईट ३ बक्समा ६ थान गरि ५ लाख ५७ हजार बराबरकाे सामान बरामद गरेकाे प्रहरी चाैकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक राजेन्द्र बहादुर कुमालले जानकारी दिनु भएकाे छ । पक्राउ गरिएकाे सामान शसस्त्र प्रहरी बिओपी श्रीलंका ब्यारेक नजिकबाट पक्राउ गरिएकाे स्थानियले बताए ।पक्राउ गरिएकाे सामान कारबाहीको लागि सत्ती भन्सार कार्यालय खक्राैला पठाएको चाैकी इन्चार्ज कुमालले जानकारी दिए ।
Discussion about this post