जनकपुर । मुलुकमा स्थानीय तह निर्वाचनको १०० दिन पूरा गरेपछि विभिन्न स्थानीय तहका प्रमुखहरूले आफुले गरेको कामकाे प्रगति सार्वजनिक गर्ने हाेडवाजी सुरू भएपछि केही वडाध्यक्षहरूले समेत सस्तो लाेकप्रियताका खाेज्न सुरु गरेका छन् ।
केही स्थानीय तहका वडाध्यक्षहरूले सस्तो लाेकप्रियता खाेज्न झुठाे प्रचारवाजी गरेको भन्दै सामाजिक सञ्जालमा विराेध समेत हुन थालेका छन् ।
सस्तो लाेकप्रियताका लागि जनकपुरधाम उपमहानगरपालिका वडा न.७ का वडा अध्यक्ष निरज साह आफ्नो कार्यकालको १०० दिनमा पूरा गरेको अवसरमा विभिन्न कामहरूकाे सार्वजनिक गरेका छन् ।
उनले गरेका कामकाे विवरण नै झुठो रहेकाे र वडाध्यक्ष साहले सस्तो लाेकप्रियताका लागि जनतालाई ढाटन र झुक्याउन थालेको सामाजिक सञ्जालमा आराेप प्रत्याराेपकाे खाेला नै बगेको छ l
जनकपुरधाम उपमहानगरपालिका वडा न.७ जानकीनगरमा रहेको एकमात्र सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधारकार्यकम अन्तर्गत निर्माण भएको कक्षा कोठा देखि लिएर माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको लाई आफुले गरेको दावी गरि जनता झुक्याउने र झुटो प्रचार गर्न थालेको छ l
वर्षौं देखि श्री राम जानकी आधारभूत विद्यालय लाई मावि बनाउन पुर्व वडा अध्यक्षको अध्यक्षतामा सिफारिस भएको र प्रधानाध्यापक लट्टू साहको लगातार प्रयास बाट मा.वि मा स्तरोन्नति भएको विद्यालयलाई आफुले माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति गराएको भन्दै आफ्नो सय दिने कार्यकालको विवरण फेसबुक मार्फत सार्वजानिक गरेका छन् l साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको कक्षा कोठा पनि आफुले नै गराएको भन्दै सय दिने कार्यकालमा समेटेको छ l
गतवर्ष २०७८/०७९ काे बजेट बाट छुट्याइएको बिभिन्न कार्यक्रमहरु पनि आफुले नै गरेको भन्दै सय दिने कार्यकालको विवरण सार्वजनिक गरेको हाे l वडा अध्यक्ष साहले जारी गरेको सय दिने कार्यकालको विवरण झुठो र जनता लाई झुक्याउन मात्र सार्वजनिक गरेको श्री राम जानकी आधारभूत विद्यालयका प्रधानाध्यापक लट्टू साहले फेसबुकमा स्टेट्स लेखेका छन् l
Discussion about this post