शुभ नारायण यादव/ सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.७ भगवतपुरमा पाेखरीमा डुबेर एक बालककाे मृत्यु भएको छ । स्थानीय सचिन्द सरदारका ५ बर्षिय छाेरा सुदिप कुमार सरदारको घर नजिकै रहेकाे पाेखरीमा डुबेर मृत्युु भएको हाे । घर नजिकै बसन्त सरदारको पाेखरीमा खेल्ने क्रममा अचानक डुबेर साे बालककाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पाेखरिमा डुबेर सख्त घाइते बालकको तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको लागि ल्याएको तथा उपचारके क्रममा उनको मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ । यता मृतक बालककाे शव अस्पतालमा पाेष्ट माटमसका लागि राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post