इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत्त बालबालिकाहरु मध्ये शैक्षिक गुणस्तर र नियमितताको आधारमा सात जना सम्मानित भएका छन् । विद्यालय व्यवस्थापन समितिको आयोजानमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर अनुशासन पालन गर्ने, विद्यलायमा नियमित उपस्थिती हुने, विद्यालयको अचारसंहिता पूर्ण पालन गर्ने सात विधार्थीलाई सम्मान गरिएको हो । दिवसका अवसरमा सम्मानित हुने बालबालिकाहरुमा कक्षा १० का विष्णु कुमार यादव, रेमश कुमार यादव, कक्षा ९ का सितल कुमार यादव, रविन्द्र ठाकुर, कक्षा ८ का अन्जना उराँव र कक्षा ७ का अमन कुमार मेहता रहनुभएको छ । सम्मानितहरुलाई सम्मान पत्र, दोसल्ला र स्टेस्नरी हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक तेजनारायाण यादवले जानकारी दिनुभयो । दिवशको अवसर पारेर महिला स्वास्थ्य स्वयम सेविका भई बाल अधिकार र बाल स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै भोक्राहा नरसिंह गाउँपालिका ७ का महिला स्वयमसेविका बुधोदेवी यादव र दलित अधिकारको क्षेत्रमा काम गर्नुभएका सत्यनारायण मण्डललाई पनि सम्मान गरेको समितिले जनाएको छ ।
सम्मानित सबैलाई विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवले सम्मान गर्नुभएको थियो । यादवले सम्मानितहरुले शिक्षा र विद्यालयको शैक्षिक गुणस्तरको अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्नुभएको भन्दै सम्मान गरेको बताउनुभयो ।
Discussion about this post