इनरुवा । देशभरका स्थानीय तहले कार्यरत करार सेवाका कर्मचारीहरुलाई एकमुष्ट हटाई आफ्नै तरिकाले पुनः करार सेवामा नै कर्मचारी राख्न लागेको विशेषमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन बमोजिम कार्वाही गर्न अख्तियारलाई निर्देशन दिएको छ ।
स्थानीय तहले विभिन्न पदमा करार सेवामा कार्य गरिरहेका कर्मचारीहरुलाई एकमुष्ट हटाई पुनः करार सेवामा कर्मचारी राख्नु बदनियत हुनुका साथै योग्यता एवम् प्रणालीको समेत उपहास हुने उजुरीपत्र अख्तियारले मन्त्रालयलाई पठाएको थियो ।
खाली रहेको पदहरुमा पदपूर्तिका लागि लोकसेवा आयोगसँग माग नगरी पुनः करार सेवामा ठूलो संख्यामा कर्मचारी माग्नु बदनियत हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्रका आधारमा कानुन बमोजिम कार्वाही हुने जनाएको हो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post