शुभ नारायण यादव /सप्तरी । सप्तरीमा पछिल्लोपटक सशस्त्र प्रहरीकाे सर्च अभियान सन्चालनमा आएपछि दिनहुँ लाखौंको अबैध समान धमाधम बरामद हुन थालेको छ । साेहि क्रममा सशस्त्र प्रहरीले सप्तरीको विभिन्न सिमावर्ती बाेर्डर नाकाहरुबाट लाखौंको अबैध समान बरामद गर्न सफल भएको हाे । सप्तरीकाे राजगढ गाउँपालिका वडा न.६ कुरन्वा स्थित बाेडरबाट सशस्त्र प्रहरीले १ लाख १४ हजार मूल्य बराबरको अबेध मदिरा बरामद गरेको छ । बिओपी बनेनियाबाट खटिएको टाेलिले नेपालबाट अबैध रुपमा भारततर्फ नम्बर नखुलेको हिराे हाेण्डा माेटरसाइकलमा लगिदै गरेकाे अवस्थामा सशस्त्र प्रहरीले साे मूल्य बराबरको अबैध मामाश्री मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्तै सप्तरीको बाेदे बरसाइन नगरपालिका वडा न.५ स्थितबाट सशस्त्र प्रहरीकाे टाेलिले २ लाख ८ हजार ४ सय ४८ रुपैया बराबरको अबैध चादि सहित एक जनालाई पक्राउ गरेको छ । यसैगरी सप्तरीको तिलाठि काेइलाडि गाउँपालिका वडा न.१ बेल्हि भन्सारबाट सशस्त्र प्रहरीले ४७ हजार ३ सय बराबरको अवैध माेबाइलका पार्टसहरु बरामद गरेकाे छ । यस्तै सप्तरीको बलान बिहुल गाउँपालिका वडा न.४ स्थित बेल्हि बाेडरबाट सशस्त्र प्रहरीले १२ हजार ४ सय मूल्य बराबरको अबैध भाडा वर्तनहरु बरामद गरेकाे छ । यसैगरी सप्तरीको हनुमानननगर कङकालिनि नगरपालिका वडा न.१ स्थित काेशी नहर भारदहबाट ३३ हजार ७५० रुपैया बराबरको अबैध काँटि तथा फलामको पति बरामद गरेकाे छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.३ गाेविन्दपुरबाट सशस्त्र प्रहरीले ४ हजार ८ सय मुल्य बराबरको अबैध बच्चाको खेलाेनाहरु बरामद गरेकाे छ । यसैगरी सप्तरीको सप्तकाेशि नगरपालिका वडा न.४ स्थित बलारदह चाेकबाट सशस्त्र प्रहरीले १८ हजार ४ सय ३० रुपेया बराबरको अबैध मडुवाका सुर्ति बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लोपटक चाडपर्व नजिकिदै जादा सशस्त्र प्रहरीले सिमामा चेकजाचमा कडाइ गरेपछि अबेध समानहरु धमाधम बरामद हुन थालेकाे स्थानीयहरु बताउछन ।
Discussion about this post