इनरुवा – जिल्ला प्रहरी कार्यालय सुनसरीले नजिकिँदै गरेको बडा दशै, शुभ दिपावली र छठलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ ।
प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले पत्रकार सम्मेलन गरी विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी सुनसरी अन्तर्गतका १२ वटै स्थानीय तहका आम नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी सुरक्षा याेजना लागू गरिएको बताए ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप सुनसरी जिल्ला अन्तर्गतका १२ वटा स्थानीय तहहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त नेपाल भारत प्रवेश गर्ने सीमा नाकामा चेकजाँचको कडा व्यवस्था मिलाएको प्रहरी उपरीक्षक ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी नियमित मोवाइल गस्ती परिचालन गर्ने, नियमित पिकेट डियुटीमा थप परिचालन गर्ने, जिल्लाका विभिन्न धार्मिक स्थल, बैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाइने उनलेे बताए ।
चाडपर्वको बेलामा हुनसक्ने झैँ-झगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागूपदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, जिल्लाको विभिन्न बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राइले बताए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन गर्ने, सवारी साधनहरूकाे गति नियन्त्रणका लागि विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरूमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजनाअनुसार मातहत कार्यालयबाट काम कारबाही भए/नभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाइने नायव उपरीक्षक राइले बताए ।
चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ११ सय ७ जना प्रहरी परिचालित गरिएको बताए । यसै कार्यक्रममा प्रहरी उपरीक्षक ढकालले विशेष सुरक्षा योजनामा उल्लेख गरिएका गतिविधिहरूलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधहरूको न्यूनीकरणमा आ–आफ्नो कार्यालयले तोकिएको संख्यामा प्रहरी परिचालनका लागि आवश्यक निर्देशन दिइएको छ ।
प्रहरीले सुरक्षा योजना अन्तर्गत चाडपर्वको समयमा हुन सक्ने अपराध रोक्नको लागि जिप्रका सुनसरीद्वारा विशेष चाडपर्व बनाई लागू गरिएको छ ।
सुरक्षा योजना अनुसार पाकेटमारी, चोरी, Snatching र लुटपाट रोक्न विशेष सुरक्षा योजना बनाई प्रहरी परिचालन गरिएको बताए ।
सुन चाँदी पसल तथा बैंक वितिय संस्थाहरुमा अपराध रोक्नको लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।
जुवा, तास, डाईस जस्ता खेलहरु रोक्न निगरानी बढाईएको, पटकाहरु नियन्त्रणको लागि चेकजाँच बढाईएको छ ।
सवारी दुर्घटना न्यूनिकरणको लागि ३६ स्थानमा चेकप्वाईन्ट खडा गरी , जिल्लाको संवेदनशिल स्थानहरुको पहिचान गरी २८ वटा मो.सा. गस्तीहरु निकालिने गरेको र ट्राफिक प्रहरी सहितको चेकिङ गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राइले जानकारी दिए ।
Discussion about this post