रबिन्द्र यादव/नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिममा ९० लाख बराबरको अबैध चिनी सहित २ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज बिहान जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं.२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरपुरबाट सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर बोहराको कमाण्डमा खटिएको टोली र महेशपुर भन्सार कार्यालयबाट खटिएको सुब्बा मोहराज जैशीको नेतृत्वमा खटिएको संयुक्त गस्तीटोलीले ना ६ ख २१९७ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।
यसैगरि आजै बिहान रामग्राम नगरपालीका वडा नं.५ स्थित परासी – भैरहवा हुलाकी मार्गमा लु १ ख ९८७१ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएको चिनी सहित ट्रक आवश्यक कारवाहीको लागी सुरक्षा समेत प्रदान गरि महेशपुर भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका सुचना अधिकारी केशव राज थापाले बताए ।
सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुरका गणपति रुप कुमार क्षेत्रीको कडा निर्देशनमा धमाधम अबैध सरसरमान नियन्त्रणमा लिएर भन्सार पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको हो । गण मातहतका सम्पुर्ण बिओपी र कमान्ड पोस्टलाई भन्सार छलेर ल्याइएको अबैध समानहरु नियन्त्रणमा लिन कडा निर्देशन आएको एक अधिकारीले बताए ।
Discussion about this post