रबिन्द्र यादव । सशस्त्र प्रहरी बल नेपाल (बि ओ पि) गुठी परसौनी र प्रहरी चौकी गुठी परसौनीद्वारा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-६ हरपुर (झुलनिपुर) स्थित छ्ठघाट र उक्त छठघाट वरिपरि रहेको विभिन्न स्थानहरु सरसफाई गरेका छन ।
तराई मधेसमा हिन्दु महिलाहरुको महान व्रत एवं पर्वको रूपमा मान्दै आइएको छठको अवसरमा सशस्त्र प्रहरी बल नेपाल (बि ओ पि) गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक भिमनिधि खनाल र गुठी परसौनी प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक चाम बहादुर ओलीको संयुक्त नेतृत्वमा रहेको टोलि एवं स्थानीय ब्यक्तिहरु मिलेर छ्ठघाट र त्यस क्षेत्र वरपरका विभिन्न स्थानहरु सरसफाइ गरेका हुन ।छठ पर्वका श्रद्धालु भक्तजनका लागी सहज हुने उद्देश्यले छ्ठ घाट सरसफाइ गरिएको र मानिसले आफ्नो घर आगन मात्र सरसफाइ नगरेर सार्वजनिक स्थल,मठ मन्दिर जस्ता स्थानहरुको पनि सरसफाइ गर्ने बानीको बिकास हुनु पर्ने सहायक प्रहरी निरीक्षक ओलीले बताए ।
तराईको महान पर्व र ब्रतको रूपमा मानिने छ्ठमा श्रद्धालु भक्तजनहरुले नदि,ताल,तलैया र पोखरीको पानीको छेउमा उभिएर पहिलो दिन अस्ताउदो र दोस्रो दिन उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेर छ्ठ मनाउने चलन छ । अस्ताउदो र उदाउँदो सुर्यलाई श्रद्धालु भक्तजनले अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन भएको मानिन्छ ।
Discussion about this post