इनरुवा । आज साेमबार छठको अन्तिम दिन उदाउँदो सूर्यलाई विधि पूर्वक अर्घ दिएर छैठ पर्व सकिएको छ । सुनसरीका विभिन्न नदि, ताल, पोखरी, खोला तथा कृतिम पाेखरी लगातयका पानीको स्रोत भएका ठाउँहरुमा राती जाग्रामबसी विहान उदाउँदो सुर्यलाई अर्घ चढाएर छठ पर्वको समापन गरिएको हो ।
कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्य देवको पुजा, आराधना, उपासना बस्ने चलन छ । छठको मुख्य दिन आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएर रातभर जाग्रामबसी बसेका थिए भने आईतबार उदाउँदो सुर्यलाई अघ्र्य दिएर समापन गरिएको थियो । सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।
यस पर्वमा जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफुल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।
सर्य विना पृथ्विमा कुनै जिव जन्तु र वनस्पती नरहने भएकाले परम्परागत रुपमा वर्षेनी छठ पर्व मनाउँदै आएको छ । नियम, निष्ठा र विधिपूर्वक छठ मनाउँदै आएको र यस वर्ष पनि हर्षोलासकासाथ मनाएको छठ पुजा समिति भाेक्राहा नरसिंह वडा नम्बर ७ का अध्यक्ष डम्बर मेहताले जनाएको छ ।
उनले दिएको जानकारीअनुसार यस वर्ष पनि हामीले कृतिम पाेखरी बनाएर छठ पर्व मनाएको बताए ।
उनले भने केही वर्ष अघि सुनसरी खाेलामा छठ पर्व मनाउँदै आएपनि गाउँका धमिरा नेता तथा राजनीतिकर्मीहरूकाे कारण घरआगनमै छठ पर्व मनाउनु परेको दुःख व्यक्त गरेका हुन् ।
उनले भने करिब एक दशक अघि साविक नरसिंह गाविस हाल भाेक्राहा नरसिंह गाउँपालिकाका केही धमिरा राजनीतिकर्मीहरूका कारण हजारौं घरपरिवारका सदस्यहरूलाई छठ पर्व गर्न दुःख भएको बताए ।
हुनत हाे साविक नरसिंह गाविसमा धमिरा नेताहरूकाे कारण सि-म्याक्स मासु उत्पादन फ्याक्ट्री खाेलिएकाे थियोे तर गाउँघरका धमिरा नेताहरूकाे कारण राति चाैपयाहरू चाेरी हुने क्रम बढेपछि सञ्चालकले करिब ५ वर्ष अघि फ्याक्ट्री बन्द गरेर फरार भएका थिए ।
हाल सम्म साे मासु उत्पादन गर्ने फ्याक्ट्री बन्द अबस्थामा छ ।
Discussion about this post