रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता एवं नवलपरासी पश्चिम क्षेत्र नं २ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार नगेन्द्र अग्रहरि चुनाव प्रचारप्रसारमा व्यस्त बनेका छन्। आफ्ना एजेण्डा लिएर नवलपरासी पश्चिम क्षेत्र नं १ (ख) का नागरिकका घरदैलोमा अग्रहरि दैनिक पुगिरहेका छन्।
गत २०७४ सालको निर्वाचनमा अहिलेका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार बैजनाथ जैसवाल संग पराजय व्यहोरेका अग्रहरि यसपटक जित निकाल्ने दाउसहित चुनावी मैदानमा छन्। घरदैलाेका क्रममा युवादेखि वृद्धवृद्धासम्मकाे शुभेच्छा र आशीर्वाद आफूलाई प्राप्त भइरहेको उनले बताए।
नेता अग्रहरिलाई यसपटक लोसपा र राप्रपा गठबन्धनका कारण चुनाव जित्न सहज हुने देखिएको छ। उनले आफ्नो पक्षमा राम्रो माहोल बनिरहेको बताए। जनताको प्रतिक्रिया सुन्दा आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे ।
क्षेत्र नं २ (ख) मा नेपाली काङ्ग्रेसको पाच दलिय गठबन्धनका प्रदेशसभा सदस्यमा बैजनाथ जैसवाल,जसपा र एमाले गठबन्धनका उम्मेदवार धरेन्द्र यादव र लोसपा र राप्रपा गठबन्धनका उम्मेदवार नगेन्द्र बिच त्रिकोणिय प्रतिस्पर्धा रहेको स्थानीय नेताहरुले बताउछन ।
नवलपरासी पश्चिममा रहेको दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य पदका लागि यही ४ मंसिर निर्वाचन हुन गइरहेको हो ।
Discussion about this post