सुरेन्द्र मेहता/इनरुवा । प्राकृति सम्पदा अन्तर्गत पर्ने सुनसरी नदी संरक्षण र सम्बर्द्धनका लागि चाैथाे नमामी सुरसरी पुजन सम्पन्न भएको छ ।
सोमबार साँझ सुनसरी नदी पुजन कार्यक्रम स्थानीय जनसमुदायको सहभागीतामा भब्यताका साथ सुरसरी पुजन सम्पन्न गरिएको हो। सनातन कुटुम्ब इनरुवा सुनसरीको आयोजनामा नदी पुजन महोत्सवमा उपस्तिथि जन सहभागीहरुले सुनसरी नदी किनारमा साझको समयमा फलफुल , धुप अगरबती र दियोबाली पुजा गरिएकाे आयाेजकले जानकारी दिएका छन।
प्राकृतिक सम्पदा सुनसरी नदी संरक्षण तर्फ प्रेरित गर्ने उदेश्यले जन सहयोगमा आयोजित चाैथो नमामी सुरसरी पुजन महोत्सव सम्पन्न भएको आयोजक सनातन कुटुम्ब इनरुवा सुनसरीले जानकारी दिएका हुन। नमामी सुरसरी पुजन महोत्सवमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , इनरुवा नगरपालिका मेयर केदार भण्डारी ,सनातन कुटुम्ब इनरुवा लगायत स्थानीय जनसमुदायको सहभागीतामा सम्पन्न भएकाे छ ।
Discussion about this post