• pradeshpoint
  • Pradeshpoint
Saturday, January 24, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी, एक पुरुष प्रहरी नियन्त्रणमा

आरोपीलाई अभद्र व्यवहारको मुद्दा

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र १ गते, १७:१८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
38
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । बलात्कारको आरोपमा लतिलपुर प्रहरीले वाग्मती गाउँपालिका–७, गिम्दीका एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

उनीमाथि १५ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोप छ । पीडित किशोरी पनि दुई महिनाको गर्भवती भएको स्वास्थ्य परीक्षणबाट खुलेको छ । तर पीडित बालिकाले किटानी जाहेरी नदिएका कारण बलात्कार आरोपीलाई अभद्र व्यवहारको मुद्दामा प्रहरी हिरासतमा राखिएको छ ।

पीडित किशोरीले उजुरी दिन नमानेपछि कानुनी प्रक्रिया अघि बढाउन समस्या भएको चापागाउँका डीएसपी टीका कार्कीले बताए । पीडक पनि पीडित बालिकाको नातेदार नै भएको भन्दै उनले भने, ‘उहाँविरुद्ध अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।’

बाल क्लबबाट बाहिर आएको घटना

विद्यालयको गिम्दी बाल क्लब सञ्जालका एक सदस्यका अनुसार पीडित बालिकाले केही दिनदेखि अस्वभाविक गतिविधि देखाइरहेकी थिइन् । साथीहरुले सोध्दा उनले ‘भिनाजुले दिदी नभएको वेला जबरजस्ती करणी गरेको’ र दुई महिनादेखि महिनावारी नभएको भन्दै सहयोग गर्न आग्रह गरिन् ।

बाल क्लबमा आवद्ध उनका साथीहरुले बाल हेल्पलाइन १०९८ मा उजुरी गरे । जनप्रतिनिधि र प्रहरी वृत्त, चापागाउँसम्म खबर पुगेपछि प्रहरीले पीडित र पीडक दुवैलाई कार्यालयमा ल्याएर छलफल गरेको छ ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार स्वास्थ्य जाँचबाट पीडित बालिका गर्भवती भएको पुष्टि भएको छ ।

तर पीडितले कहणीको किटानी जाहेरी नदिँदा आरोपितमाथि मुद्दा चलाउन नसक्ने अवस्था आएको छ । प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बज्राचार्य भन्छिन्, ‘बलात्कारको घटनामा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाउन मिल्दैन । पीडितले उजुरी नदिएसम्म कारबाही अघि बढाउन समस्या छ ।’ यदि उजुरी आए करणी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ्ने उनले बताइन् ।

किन होस्टायल भइन् बालिका ?

प्रहरी अधिकृतहरु पीडित बालिकालाई धम्की वा कुनै प्रलोभन दिएर होस्टायल गराइएको हुनसक्ने बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालका अधिकारीहरुको पनि उस्तै आशंका छ ।

संस्थाका कार्यक्रम व्यवस्थापक भरत अधिकारी भन्छन्, ‘हेल्पलाइनमा पहिले जबरजस्ती करणी भएको भनेर उजुरी आएको थियो । अहिले जाहेरी नपरेपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

ललितपुरकी एसएसपी बज्राचार्य पनि बालअधिकार परिषद्सहित बालबालिकासँग सम्बन्धित विभिन्न संस्थासँग समन्वय गरेर घटनाबारे कसरी अघि बढ्ने भन्ने छलफल भइरहेको बताउँछिन् । प्रहरीका अनुसार पीडितका बुबाआमा भारतमा छन् । उनी आफन्तको घरमा बसेर पढ्दै आएकी थिइन् ।

Tags: १५ वर्षीया बालिकाअभद्र व्यवहारको मुद्दागरेको आरोपजबरजस्ती करणी

Related Posts

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय
FEATURE

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा उम्मेदवारहरूलाई आज उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार...

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा
FEATURE

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
0

इनरुवा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र...

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist