रबिन्द्र यादव / नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा पाच लाख बराबरको अबैध चिनी प्रहरीले बरामद गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौलि स्थित भारतबाट अबैध रुपमा ल्याइएको १२५ बोरा चिनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त गस्ती टोलीले बेवास्ता अवस्थामा रहेको उक्त चिनी नियन्त्रणमा लिएर भन्सार पठाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ का सुचना अधिकारी केशवराज थापाले बताए ।एबरामद गरिएको चिनीको मूल्य लगभग पाच लाख रहेको छ । सुरक्षाकर्मीहरु प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षामा खटिएका बेला तस्करहरुले त्यसको फाइदा उठाउदै खुलेयाम तस्करी गरिरहेका छन् ।
Discussion about this post