रबिन्द्र यादव / नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा पाच लाख बराबरको अबैध चिनी प्रहरीले बरामद गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौलि स्थित भारतबाट अबैध रुपमा ल्याइएको १२५ बोरा चिनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त गस्ती टोलीले बेवास्ता अवस्थामा रहेको उक्त चिनी नियन्त्रणमा लिएर भन्सार पठाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ का सुचना अधिकारी केशवराज थापाले बताए ।
एबरामद गरिएको चिनीको मूल्य लगभग पाच लाख रहेको छ । सुरक्षाकर्मीहरु प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षामा खटिएका बेला तस्करहरुले त्यसको फाइदा उठाउदै खुलेयाम तस्करी गरिरहेका छन् ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post