इनरुवा । देशभर चुनावी माहौल तातेको बेला सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा भने फरक नारा बाहिर आएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई टुरिष्ट र एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई टेष्ट भएको उम्मेदवार भन्दै मतदाताहरुले वाई वाई गर्ने उद्धघोष गरेका छन् ।
दुई वटै टेष्ट भएका तर जनभावनाको कदर नगरेको आरोपमा मुछिएका उम्मेदवार भएकाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रोफेसर कुञ्जीलाल यादवलाई मतदाताहरुले मतदान गर्न व्यग्र प्रतिक्षामा रहेको बताएका छन् ।
स्थानीय बच्चालाल यादवले भने “टुरिष्ट र टेष्ट भएकालाई वाई वाई, क्षेत्र ४ मा प्रोफेसर कुञ्जी लाल यादवको छ हाई हाई गर्ने पक्षमा मतदाता रहेका छन् ।” गाउँघरका मतदाताहरुले आफ्नै माटोपानी सोहाउने विकास प्रेमी, शिक्षा प्रेमी, शुसासन प्रेमी, जनताको जनभावना बुझ्ने एक मात्रै उम्मेदवार प्रोफेसर कुञ्जीलाल यादव रहेकाले मतदान गर्ने प्रतिक्षामा रहेको यादवको कथन छ ।
उम्मेदवार यादवले निरन्तर रुपमा मतदाताको घरदैलोमा रहेकाले मतदाता आक्रशित भई मतदान गर्ने तयारीमा रहेको अर्का स्थानीय पावर्ती मेहताले बताईन् ।
Discussion about this post