रबिन्द्र यादव / नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लामा कुल ७२ प्रतिशत मत खसेको छ । जिल्लामा बिहान ७ बजेदेखि साझ ५ बजेसम्म प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि भएको निर्वाचनमा १ लाख ७२ हजार ३८४ जनाले मतदान गरेका हुन । जसमध्ये ८१ हजार ९१५ जना पुरुष र ९० हजार ४६६ जना महिला तथा ३ अन्य रहेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
जिल्लामा १२० मतदान स्थलमा २८७ स्थायी र एउटा अस्थायी (जिल्ला कारागार) केन्द्र रहेका छन । दुई प्रतिनिधि सभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिममा कुल दुई लाख ४० हजार ९३० मतदाता रहेका छन । जसमा पुरुष एक लाख २१ हजार ८६१ , महिला एक लाख १९ हजार ६५ र अन्य ४ जना मतदाता छन ।
जिल्लाको क्षेत्र नं १ मा कुल मतदाता एक लाख १८ हजार २५० र क्षेत्र नं २ मा एक लाख २२ हजार ६८० मतदाता रहेका छन् ।
नवलपरासी पश्चिममा मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट सकिएको प्रशासनले जनाएको छ । राजनितीक दलहरुको सहमति भए आजै रातिबाट मतगणना शुरु गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
Discussion about this post