• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

शुभेच्छा बचत तथा ऋण सहकारीको दशैं साधारणसभा सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ मंसिर १८ गते, ७:४७ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
शुभेच्छा बचत तथा ऋण सहकारीको दशैं साधारणसभा सम्पन्न
35
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र यादव / नवलपरासी पश्चिम ।

शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सुर्यपुराको भलिबल खेल मैदान स्थित सहकारीको साधारणसभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै सहकारी संस्था भनेको जनताको चेतनास्तर उकास्ने शिक्षालय पनि भएको बताउनु हुँदै उहाँले व्यक्तिको प्रवृत्ति र गलत कामले गाउँपालिका भित्रका केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उनले त्यस्ता कार्यमा सङ्गलन रहेका व्यक्ती वा सहकारीलाई जाच गरेर गाउँपालिकाले निकट भविष्यमा कानुनी दायरा भित्र ल्याएर कार्यवाही गरिने तयारी भइरहेको बताए । गाउँपालिका क्षेत्र भित्र ४२ सहकारी संस्था मध्ये १७ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता रहेको बताउदै प्रमुख अतिथि यादवले पछिल्लो दिन केही संस्थाले सहकारीको सात सैद्धान्तिक सिद्धान्तको तहत वित्तीय अनुशासनको पाठलाई कुन कुन सहकारीले पालना गरेको नगरेको गाउँपालिकाले नजिकबाट नियाल्दै छिटै जाच गरि कार्यवाहीको तयारी भइरहेको जानकारी दिए । वहाले सहकारीको उचित मुल्यांकन अनुसार गाउँपालिकाले सदैव सहयोग गरिरहने बताए ।

संस्थाका अध्यक्ष एवं सभाका सभापति भगवन्त प्रसाद धवलले प्रगति प्रतिवेदन पेस गर्दै शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सबल र सक्षम संस्थाको रुपमा निर्माण गरि सेयर सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा गुणात्मक तथा परिमाणात्मक रुपमा वृद्धि गरि यसलाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायीक करण गर्ने उदेश्यका साथ संस्थालाई अगाडि बढाएको बताए ।

संस्थाले युवा स्वरोजगार,कृषि,व्यापार,वैदेशिक रोजगार र पशुपालन,बाख्रा पालन,ब्युटी पार्लर र साना उद्योग र मोटरसाइकल जस्ता उत्पादन तथा सेवामूलक क्षेत्रमा लगानीलाई निरन्तरता दिदै जानेमा जोड दिए । उक्त सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुलाई दिदै आएको क्रिया खर्च पाच हजार र सुत्केरी स्याहार खर्च पचिस सय यो बर्ष पनि निरन्तरता दिइने बताए ।त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष बलवन्त कुर्मीले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए ।

सभामा कोषाध्यक्ष कुर्मीले आ.व. ०७८/७९ को आर्थिक प्रतिवेदन र ०७९/८० को कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा करिब २१ करोडको कारोबार गरेको र ९३ लाखको खुद नाफा कमाएको छ । हालसम्म उक्त सहकारीमा ३ हजार ८ सय ८२ जना शेयर सदस्य रहेको व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिए ।

शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको बैठकको निर्णयानुसार दशौ वार्षिक साधारणसभा पाच दिन पाच स्थानमा विभिन्न क्रियाकलाप गरि शनिवार गुठी सुर्यपुरामा अन्तिम सभा सम्पन्न गरेको हो । कार्यक्रम संचालन संस्थाका सचिव भोला प्रसाद कुर्मीले गर्नु भएको थियोे ।

Tags: दशैं साधारणसभाबचत तथा ऋण सहकारीकोशुभेच्छासम्पन्न

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist