इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविमा गठन भएको नयाँ विद्यालय व्यवस्थापन समितिको पदभार ग्रहण कार्यक्रम आईतबार सम्पन्न भएको छ । नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादव सहित आठ जना सदस्यहरुले एक साथ पदभार ग्रहण गर्नुभएको छ ।
समितिका सदस्यहरु यदुनन्दन यादव, मिना यादव, लहरी खत्वे, वाजुद्धिन मियाँ र रेनु मेहता , पदेन सदस्य एवम् वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र सदस्य सचिव श्यामदेव मेहता सहितले एक साथ पदभार ग्रहण गर्नुभएको हो ।
विधार्थी बालबालिकाहरु र शिक्षक कर्मचारी सहितको उपस्थितीमा फुलमाला, खादा, अबिर र प्रमाण पत्र सहित समितिका पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको छ । विद्यालयका शिक्षक श्यामप्रसाद साहले सञ्चालन गर्नुभएको पदभार ग्रहण कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष जयकृष्ण यादवले गर्नुभएको थियो ।
पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष यादवले शिक्षाको विकास र शैक्षिक गुणस्तरका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यादवले विद्यालयमा कक्षा ११ को अनुमती यसैवर्ष लिने र कक्षा १२ सम्मको पढाई आफ्नै घरमा खाएर गर्न पाउने वतावरण निर्माण गर्ने बताउनुभयो । यादवले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक र व्यवस्थापकिय सबै पक्षको सर्वागिण विकास गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यलायमा पढेर नाक खुम्चाउने भन्दा नाक ठाडो पार्ने वतावरण निर्माण गर्ने बताउनुभयो ।
पदभार ग्रहण कार्यक्रममा शिक्षक देवनारायण यादवले स्वागत मन्त्वय राख्नुहुदै शिक्षाको लागि युवा व्यवस्थापन समिति आएकोमा सुखि व्यक्त गर्नुभयो । विद्यालयलाई असल बनाउन सबै शिक्षकहरु प्रतिवद्ध रहेकाले सोही अनुसारको योजना बनाएर अगाडी बढ्नुपर्ने धारण राख्नुभयो ।
विधार्थीहरुले समेत समितिका अध्यक्ष सहित पदाधिकारीहरुलाई फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए भने समितिले धव्यवाद सहित मिठाई वितरण गरेको थियो । उता विद्यालयमा हालै निमित प्रधानाध्यापकको जिम्मेबारी पाउनुभएका नवनियुक्त प्रधानाध्यापक श्यामदेव मेहताले पनि औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । प्रधानाध्याक मेहतालाई समितिका अध्यक्ष जयकृष्ण यादव र सदस्यहरुले सामुहिक रुपमा एक साथ पदभार ग्रहण गराउनुभयो ।
कार्यक्रममा शिक्षक उमेश प्रसाद यादव, देवनारायण यादव, प्रकाश कायस्थ, देवकृष्ण यादव, कामेश्वर यादव, विरेन्द्र मेहता, रमान्नन्द मण्डल, लिला ढकाल, शिवनारायण साह, रिता मेहता, लेखापाल रमेश चौधरी, पूर्व वडा सदस्य कमल भौर, सचेन्द्र यादव, समाजसेवी मुना यादव, चनरदेव यादव र नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दिपेन्द्र यादव यादव सहितको उपस्थिती रहेको थियो ।
Discussion about this post