नरसिंह । सुनसरीमा विभिन्न कार्यक्रमको आयोजना गरि महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको हो ।
हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ । १९औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवस २० मंसिर अर्थात् ५ डिसेम्बरमा विभिन्न कार्यक्रम गरि मनाइयो ।यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए तापनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
आज साेही अवसरमा इनरूवा नगरपालिका र भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाहरूलाई सहयोगीकाे भुमिका निर्वाह गर्दै आएको महिला स्वास्थ्य स्वयंसेविकाहरूकाे सहभागीता दिवस मनाइएको नरसिंह स्वास्थ्य चाैकीका सहायक इन्चार्ज प्रदिप यादवले जानकारी दिए ।
यादवले भने सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा रहेका बिरामीकाे सामान्य हेरचाह गर्न महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेकाे बताए ।
खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् ।
Discussion about this post