मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको जिल्लाकाे टीकापुर नगरपालिकामा अतिक्रमण गरि बनाएका सार्वजनिक जग्गा खालि गर्ने काम सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ४ को मौरनिया स्थित स्थानिय नरेन्द्र बोहरा र पदम कठायतले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर र घेरावार मंगलबार भत्काएर जग्गा खाली गर्न शुरु गरेकाे छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउन तथा जग्गा खाली गर्न नगरपालिकाले आजदेखि डोजर चलाएको टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारुले बताउनुभयो ।
टीकापुर नगरपालिकाले असोज १३ गते अतिक्रमीत सार्वजनिक जग्गा खाली गर्न भन्दै ३५ दिने सार्वजनिक सुचना जारी गरेको थियो । सुचना अनुसार केहिले निर्धारित अवधिमा अतिक्रमित जग्गा खाली गरेको र सूचनालाई अटेर गर्नेलाई पहिलो चरणमा डोजरको प्रयोग गरि जग्गा खाली गरिरहेको नगर प्रमुख डगौराले बताउनुभयो ।
अतिक्रमित जग्गा खाली गर्ने काम शुरु भएसँगै बुधबार भोली टीकापुर नगरपालिकाको वडा नं. १ को ब्लक नं. २४ र २५ मा अतिक्रमित जग्गा खाली गरीने उहाँले बताउनुभयो । टीकापुर नगरपालिकाले वडा नं. २, ३ र ६ मा अतिक्रमित जग्गाको उजुरी आएकाले हटाउने काम निरन्तर जारी रहने नगर प्रमुख थारुले बताउनुभयो ।
Discussion about this post