मान बहादुर ठकुल्ला/भजनी । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्युपछि हत्या आरोपित आफैँ प्रहरीको सम्पर्कमा आएका छन्। जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट मृत्यु भएका थियो।
साला नाता पर्ने भण्डारीको हँसिया प्रहार गरी हत्या गरेर फरार भएका स्थानीय ५० वर्षीय गौरीलाल ढुङगाना आफैँ प्रहरीको सम्पर्कमा आएका हुन्। उनी इलाका प्रहरी कार्यालय सडकपुर बौनियाको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताएका छन्।
उनले आरोपित ढुङ्गानालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको बताए। घरायसी विवाद हुँदा ढुङ्गानाले प्रहार गरेको हँसियाबाट अर्का साला नाता पर्ने ४० वर्षीय जयराज भण्डारी पनि घाइते भएका छन्। उनको कोहरलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना लगतै आरोपित ढुङगाना फरार भएका थिए।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post