शुभ नारायण यादव /सप्तरी । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक छात्राको मृत्यु भएपछि त्यहाँको स्थिति अाज दिनभरि तनावपूर्ण बनेको छ ।
जिल्लाकाे रुपनी गाउँपालिका वडा न. १ बस्ने शङ्कर यादवको १२ वर्षीया छोरी रिता कुमारी यादवलाई ना १ ख ८५४२ नम्बरको टिपरले आज बिहान करिब १० बजे ठक्कर दिँदा मृत्यु भएपछि उनका आफन्त, स्थानीय तथा विद्यार्थीहरूले पूर्व पश्चिम राजमार्गको रुपनीमा अवरुद्ध गरेका हुन् ।राजमार्गमा नै किशोरीको शव राखेर उनका आफन्त र विद्यार्थीहरूले चक्काजाम नै गर्न थालेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस, हवाई फायर र रबरको गोली समेत चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो ।
सोही अवरोधकै कारण पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड अवरुद्ध भएका छन् ।भने राजमार्गमा सयौं सवारि साधन तथा हजारौं यात्रुहरु अलपत्र परेका छन ।
यता मृतक रिता कन्छु नर प्रताप उच्च मा.वि. रायपुरको कक्षा ६ मा अध्ययनरत छात्रा थिइन ।
Discussion about this post