मान बहादुर ठकुल्ला/टीकापुर / कैलाली जिल्लाकाे धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्क स्थित साल्ट ट्रेडिङ कर्परेसन अगाडीबाट एकलाख भन्दा बढी नक्कली नाेट र बाघकाे हड्डी , जडिबुटी सहित ५ जनालाई पक्राउ गरिएकाे छ । नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा तत्काल उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली चुरे गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५५ को लाल बहादुर साउँदको खानतलासी गर्ने क्रममा निजको साथबाट नक्कली नेपाली दरको नोट थान ४ फेला पारी यस कार्यालयमा ल्याई थप सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त नक्कली नोटहरुका सम्बन्धमा निज एक व्यक्ती मात्र संलग्न नभई निजहरुको संजाल नै रहेको खुल्न आई अन्य व्यक्तीहरुको खोज तलास गर्ने क्रममा जिल्ला कैलली धनगढी उप-महानगरपालीका वडा नम्बर १३ राजपुर स्थीत एस एस होटलमा कोठा गरी बसेका जिल्ला दार्चुला लेकम गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३३ को लिलाधार मिश्र, जिल्ला डोटी शिखर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३० को करन सिंह धामी र जिल्ला डोटी बडिकेदार गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष ५० को मोहन सिंह बोहरा समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा जिल्ला कैलाली धनगढी उप-महानरपालिका वडा नं. १३ स्थित कोठा भाडामा लिई बस्ने जिल्ला डोटी शिखर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३० को करन सिंह धामी बस्ने गरेको डेरा कोठाको खानतलासी गर्दा उक्त कोठामा ऐ.ऐ.बस्ने बर्ष १९ को टेकेन्द्र धामीलाई समेत फेलापारी सो कोठाको पलङ खटियाको सिरानि मुनी लुकाई राखेको अवस्थामा नेपालीदर रु. १,०००।- दरको नोटहरु थान १३८ (एक लाख अठतिस हजार) गरी जम्मा १,४२,०००।–(एक लाख बयालिस हजार) , खानतलासी कै क्रममा सोही खटियाको प्लाई मुनि रहेको बाक्सा भित्र जेब्रा झोलामा जनावर(बाघको) जस्तो देखिने अस्थीपंजर हड्डीहरु ५ किलो ५३० ग्राम, बैंक तथा आई एम ई भौचर तथा चेकहरु, प्लाष्टिक भित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुढी बनस्पतीका बोक्राहरु INK र फलामका टुक्राहरु समेत फेलापारी बरामद गरी निज लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी ,मोहन सिंह बोहरा र टेकेन्द्र धामीलाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्याल कैलालीका सुचना अधिकारी बेद प्रकाश जाेशिले जानकारी दिनुभयाे ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post