चितवन / एक करोड रुपैयाँ भन्दा बढी सरकारी रकम हिनामिना गर्ने मालपोत कार्यालय चितवनका तत्कालिन लेखा अधिकृत रिठ्ठे दर्जीलाई अदालतले थुनामा पठाएको छ।
भरतपुर महानगरपालिका– ११ का ५८ वर्षीय दर्जी भनिने रिठ्ठे परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ। परियारले मालपोत कार्यालयमा आर्थिक वर्ष ०७३-७४ र ०७४-७५ मा लेखा अधिकृत पदमा रहँदा एक करोड १७ लाख २४ हजार पाँच सय ३८ रुपैयाँ राजश्व रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको थियो।
परियारले कार्यालयको राष्ट्रिय बाणिज्य बैंक भरतपुरमा राजस्व दाखिला फारमको भौचर, बैंकको छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरेको अनुसन्धानबाट खुलेको थियो।
रकम हिनामिना गरी फरार भएका परियारलाई चितवन प्रहरीले गएको फागुन १२ गते पक्राउ गरि आवश्यक अनुसन्धान सकेर अदालतमा पेश गरेको थियो। अदालतले शुक्रबार परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए।
Discussion about this post