इनरूवा । सुनसरीको देवानगंजका युवाहरु वैदशिक रोजगारका नाममा लुटपाट र ठगीमा गरेपछि त्यस विरुद्ध सामुहिक निवेदन परेको छ ।
लुटपाट र ठगी गर्ने दलाल जिल्लाका इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका बासिन्दा बासिन्दा हुन् ।
उनी हाल आफ्नो गृह जिल्लामा लुटपाट र ठगी गरेर काठमाण्डौ बसोवास गरिरहेका छन् ।
मेनपावर एजेन्ट विजय मेहता विरुद्ध लुटपाट र ठगीमा परेका निमुखा युवाहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सामुहिक निवेदन दर्ता गराएका हुन् ।
सुनसरी स्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त निवेदनको सक्कल कागजात सहितको फाइल उक्त कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।
निवेदन परेपछि अब सत्यतथ्य छानवीन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रजिअ इन्द्रदेव यादवले बताए ।
यता ‘स्थानीय मिडियाहरुमा विभिन्न खवरहरु आएको थियो, हामिले पनि चाँसो लिएका थियौं तर अव निवेदन नै आएको छ । हामिले प्रक्रिया थाल्छौं’ प्रजिअ यादवले भने ‘आजै आरोपितलाई पत्रचार गरिसकिएको छ ।’
उता जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक प्रभू ढकालले निवेदन आएलगतै प्रहरी द्रुतगतिमा अघि बढाएकाे बताए । ‘कानून अनुसार प्रक्रिया अगाडी बढ्ने छ’ ढकालले भने- ‘हामि सर्वसाधारणको न्यायका लागि अहोरात्र खटिरहेका छौं ।’
आज बिहीवार देवानगंज गाउँपालिका वडा नम्बर ७ का २१ जनाले सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सामुहिक निवेदन दार्ता गराएका छन् ।
मेहताले देवागंज स्थित रासी र मध्यहर्षाहीका २३ जना युवाहरुलाई वैदशिक रोजगारका नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप निवेदनकहरुले लगाएका छन् ।
मेहताले द्धितिया इन्टरनेशनल मेनपावर कम्पनी मार्फत जनही ३/३ लाख रूपैयाँ लिएर मलेसिया पठाएको र रोजगारमा गएका ती युवाहरु मलेशिया स्थित विच्चलीमा परेको निवेदकहरुको दावी रहेको छ ।
एजेन्ट मेहताले आफ्नो ब्यत्तिगत खाता मार्फत जनही २ लाख देखि ३ लाखसम्म भुक्तानी लिएको वैंक भौचर कागजात समेत निवेदन सँगै प्रस्तूत गरिएको छ ।
मलेसिया गएका युवाहरुले कम्पनीको एग्रिमेन्ट अनुसार तलव सेवा सुविधा नपाएको, विच्चलीमा परेको भन्दै एजेन्ट मेहतालाई बारम्बार गुनासो गरेपनि मेहताले आलटाल मात्र गर्नेगरेको निवेदक मध्येका एक गणेश प्रशाद यादवले बताए ।
यादवका अनुसार २३ सय मलेसियन रिङ्गेट तलव पाइने भन्दै विदेश पठाए पनि अहिले त्यहाँ त्यस्तो अवस्था नभएपछि उक्त निवेदन दायर गराउन बाध्य भएको यादवले बताए ।
Discussion about this post