इनरुवा । बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएकाे छ ।
सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइएपछि आयोजकसँग रुष्ट भएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा स्थानिय हासिम अन्सारीको टाउकोमा चोट लागेको छ । यसैगरी सिताराम महतो, रन्जित मेहता र एक प्रहरी हवल्दार समेत घाईते भएका छन् हाल उनीहरुको बर्जु समुदायिक हस्पिटलमा प्राथमिक उपचार गरिएको स्थानिय सञ्चारकर्मी जुगेस बाबुले जानकारी दिएका छन् ।
झडपका क्रममा गम्भिर भएका घाईतेहरुलाई विराटनगर स्थित नोवेल अस्पताल ल्याइएको छ । गतबर्ष पनि सोही ठाँउमा खेसरीलालको कार्यक्रम हेर्न आएकाबीच झडप हुँदा ठुलो धनजनको क्षति हुनुका साथै केही दर्शकहरु घाईते भएका थिए ।
विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिदाँ उस्तै प्रकारको समस्या देखिएको छ । उता गत वर्ष खेसारीलाल यादवको शाेः हेर्ने नपाएको भन्दै दर्शकहरूले करोडौं मूल्य बराबरको समान क्षति गरेका थिए । तर फेरि साेही ठाउँमा खेसारीलाल यादव आएर आफ्नो प्रतिभा देखाएर फर्केका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post