पुष्पा यादव/ इनरुवा । यतिबेला सुनसरी जिल्लामा रहेका गरिव परिवारहरुलाई आफ्नो बालबच्चालाई जाडोबाट बचाउनका लागि न्यानो लुगा खोजी गर्न थालेका छन् ।
तर सुनसरी जिल्लाको विभिन्न स्थानीय तहहरुमा जिल्ला विपद् व्यवस्थापन समितिले जाडो छल्नका लागि गरिब तथा असाहय परिवारहरुलाई न्यानो कपडा वितरण गर्दै आएका छन् ।सोही कार्यक्रमलाई मध्यनजर गर्दै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ ले बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरण गरेका छन् ।वडा नम्बर ४ को सागरमाथा बालविकास केन्द्र, ब्रहमदेव उराँव मण्डेला आधारभुत विद्यालय, पृथ्वी नारायण माध्यमिक विद्यालय, बीपी कोइराला बालविकास केन्द्र, अभिल बाल विकास केन्द्र, प्रगति बाल विकास केन्द्र र ऋषिदेव बालविकास केन्द्र गरी ७ वटा बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अथिती तथा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रमलाई सम्बोधन गर्दै भने वडा कार्यालयले सराहनीय कामको सुरुवात गरेकोमा वडाध्यक्षलाई धन्यवाद समेत दिए ।उनले कार्यक्रममा बोल्दै भने विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरिन्छ, जुन असाध्यै गलत हो । सबै क्षेत्रको समानुपातिक विकास प्रक्रियाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । समाजका लागि वस्तुवादी र व्यावहारिक उत्पादन प्रणालीविना पूर्ण आकारमा विकास सम्भव हुँदैन । गाउँपालिकामा पूर्वाधार विकासको अवधारणाले मात्र सर्वाङ्गीण विकासको प्रतिनिधित्व गर्दैन । पछिल्लो समय विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सीमित गरिँदैछ, जुन विकाससम्बन्धी गलत अवधारणा हो । यो विकासप्रतिको दृष्ट्रिकोणीय अपव्याख्या हो ।भोक्राहा नरसिंह गाउँपालिकाको हकमा आज कहाँ यहाँको माटो यहाँको समुदायलाई सुहाउँदो बिकास भएको छ ? बिकास कस्का लागि गरिएको हो ? बिकास गर्नु भनेको सिर्प चुनाव जित्नका लागी गरिने भौतिक पुर्वाधारका शिलान्यास र उद्घाटन मात्र हैन् । बिकासले त लक्षित बर्ग सम्म पुग्न पर्यो समाजको उत्थान हुन पर्यो, हरेक बर्ग सँग पुग्न पर्यो, युवा पिढीले त्यसको सदुपयोग गर्न सक्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अथिती एंव नेपाली काग्रेंस भोक्राहा नरसिंह गाउँ समितीका सभापति युवराज दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरणको प्रसांशा गरेका छन् ।उनले सम्बोधन गर्दै भने बालविकासमा अध्ययनरत्त विद्यार्थीहरुको लागि भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाधयक्ष हारुण अंसारीले अहिलेको समयमा बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरण कार्यक्रम राखेकोमा आफु एकदमै खुशी भएको बताए ।
अहिलेको समयमा गरिव परिवारहरुलाई जाडो छल्न कठिन भएको उनीहरुलाई न्यानो कपडा वितरण गरेकोमा यो कार्यक्रमले प्रत्यक्ष प्रभाव पारेको बताए ।त्यस्तै कार्यक्रमका अध्यक्ष तथा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४ का वडाध्यक्ष हारुण अंसारीले आफु गाउँवासी प्रति प्रतिवद्ध रहेको बताउँदै वडामा रहेका गरिव परिवारका बालबालिकाहरुलाई आफुले सक्ने सहयोग गर्ने बताए ।उता सो कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.३ का वडाध्यक्ष धिरेन्द्र यादव, ६ का वडाध्यक्ष सेराजुद्धिन अंसारी, ८ का वडाध्यक्ष हाजी उसमान मिँया, योजना शाखाका कर्मचारी रामचन्द्र यादव, सहकारी शाखाका सिताराम मेहता, पंजीकरण शाखाकी रञ्जना साह, चिरौली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गनेश यादव,नेपाली कागेसं भोक्राहा नरसिंह गाउँ समितिका सचिव द्धय कृषाराम मेहता, असफाक अंसारी, सुनिल कुमार साह लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो भने कार्यक्रम सोही वडाका वडा सचिव चन्दन मेहताले सञ्चालन गरेका थिए ।
Discussion about this post