इनरुवा । यतिबेला जिल्ला प्रहरी कार्यालय सुनसरीका टीम सीमावर्ती क्षेत्रदेखी बस्ती बस्ती शान्त्ती सुरक्षामा ध्यान केन्द्रित गरेका छन् ।
प्रहरीले कर्तब्य ज्यानमुद्धामा फरार व्यक्तिहरु पक्राउ गर्ने क्रममा १६ वर्षदेखी फरार रहेका २ जनालाई शुक्रबार कोशी गाउँपालिकाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार २०६३ फाल्गुन १८ गतेका दिन राती अं.०९ः०० बजेको समयमा जिल्लाको तत्कालीन भोक्राहा गा.बि.स वडा नम्वर २ स्थित निजकै घरमा अं. बर्ष ४५ को शिवनारायण मुसहरलाई सोही ठाउँका रुदनी देवी मुसहर्नी, बुधन मुसहर र कुमिया देवी मुसहर्नीलाई पक्राउ गरेका छन् ।
तिनै जना कुटपिट गरी धारिलो हतियार खुकुरीले प्रहार गरी हत्या गरी फरार रहेकोमा लगत नं.५२०७ को २०६९ बैशाख २२ गते सर्वौच्च अदालत काठमाण्डौको फैसला अनुसार बुधन मुसहरलाई १९ बर्ष १० महिना २५ दिन कैद भएको र अर्का प्रतिवादी कुमिया देवी मुसहर्नीलाई लगत नम्वर ६५८८ मिति २०७१ फाल्गुन १४ गते सुनसरी जिल्ला अदालत ईनरुवाबाट ५ बर्ष कैद भई फरार भएको हुँदा फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत दुबैजनालाई पक्राउ गरिएको जनाइएको छ ।
राईका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको विशेष टोलीले आज शुक्रबार कोशि गा.पा.–०७ हरिपुरबाट पक्राउ गरी सुनसरी जिल्ला अदालत इनरुवामा पेश गरिएको र आवश्यक कानुन अनुसार थुनामा पठाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post