शुभ नारायण यादव/ सप्तरी । गरिमामय इतिहास भएको-तामांग समुदायहरुकाे २८५९औं सोनाम ल्होसारकाे अवसरमा अग्नि पिडित परिवारलाई राहत बितरण गरेको छ ।
एक अर्काको संस्कृति ,भाषा र भेषको सम्मान गरौं:एक अर्काको सुखदुखमा सहयोग गरौं, सहभागी बनौं भन्ने उदेश्यले
धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा सप्तरीकाे तिरहुत गाउपालिका वडा न. -४ डिमनका अग्नि पिडित परिवारलाई एक कार्यक्रमका बिच राहत बितरण गरेका हुन । डिमनका अग्निपीडितहरु हरेराम यादव,तेज नारायण यादव र ओम नारायण यादवका परिवारहरुलाई राहत स्वरुप त्रिपाल ,झुल ,तन्ना ,लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू बितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत माघ ५ गते आगलागि हुदा चोपायाहरू जलेर मर्नुका साथै अनुमानित १० लाख भन्दा बढिको धनसम्पतिको क्षति भएको थियोे ।
उक्त राहत बितरण कार्यक्रममा प्रहरी चोकी डिमनका प्रहरी सहायक निरीक्षक राजकिशोर कुमार यादव, प्रहरी बरीष्ट हवलदार पप्पू यादव,अजित नारायण यादव,राजकुमारी लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post