मान बहादुर ठकुल्ला/टीकापुर ।कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिताकाे पहिलाे चरण खेल सकिएका छन । सगरमाथा युथ क्लब बटनपुरकाे आयाेजना तथा धनसिहपुर प्रबासि समितकाे सहयाेगमा संचालन भएकाे फुटबल प्रतियोगितामा पहिलाे चरणकाे तेश्राे दिनकाे पहिलाे खेल भजनी युवा क्लब गाेदामटाेल र मिलन युवा क्लब टीकापुर बिच भएकाे थियाे जसमा लाई २- २ गाेलले बराबरी भएकाे थियाे पहिलाे हाफमा भजनी युवा क्लब गाेदामटाेलले २ गाेल गर्न सफल भएकाे थियाे भने दाेश्राे हाफमा मिलन युवा क्लबले २ गरि बराबरीमा पुगाएकाे थियाे । बराबरीमा पुगे पछि पेनाल्टी सुटआउटमा मिलन युवा क्लब टीकापुर बिजय भएकाे छ । भने दाेश्राे खेल सुर्याेदय युवा क्लब सुर्यपुर र टीकापुर नगरपालिका वडा न ७ बिच भएकाे थियाे । दाेश्राे खेलमा २- १ अन्तरले सुर्याेदय युवा क्लबले टीकापुर नगरपालिका वडा न ७ लाई पराजित गरेकाे छ ।भाेलि दाेश्राे चरणका खेल संचालन हुने छन जस अन्तरगत पहिलाे खेल अटल युवा क्लब बाैनिया र युनाईटेड एकाडेमी स्कुल बिच हुने छ भने दाेश्राे खेल सुर्याेदय युवा क्लब सुर्यपुर र १४ जि आर बिच हुने आयाेजकले जनाएकाे छ । अन्तिम खेल सगरमाथा युथ क्लब A र पुष्कल डिजे टिकापुर बिच हुने आयाेजक कल्बका अध्यक्ष याेगेन्द्र साउदले जानकारी दएका छन ।
Discussion about this post