नरसिंह । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा क्रिकेट खेल सामग्री वितरण गरिएको छ ।
स्थानीय युवाहरूलाई क्रिकेट खेल प्रति युवा क्रेज बढाउका लागि वडा कार्यालयकाे सहयाेगमा क्रिकेट खेल सामग्री वितरण गरिएको हाे ।
आज साेमबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ काे वडा कार्यालयमा क्रिकेट सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रमको आयाेजना गरि वडाध्यक्ष बाैवालाल यादव र वडा सचिव शंकर मेहताले स्थानीय क्रिकेट खेलाडीहरूलाई क्रिकेट खेल सामग्री वितरण गरेका हुन् ।
क्रिकेट खेलमा आवद्ध खेलाडीहरूलाई खेलकुद सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै वडाध्यक्ष यादवले भने आफुले सक्दो स्थानीय खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने बताए ।
साे कार्यक्रममा खेलाडीहरूलाई वितरण गरिएका सामग्रीमा स्थानीय वडाकाे पहिचान सहितको जर्सी, ब्याट , ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, विकेट, क्रिकेट म्याटलगायत सामग्री वितरण गरेका छन् ।










Discussion about this post