शुभ नारायण यादव सप्तरी। सप्तरीको बिष्णुपुर गाउँपालिकाका गरिब ,निमुखा तथा बिपन्न वर्गलाइ एक कार्यक्रमका बिच चिसाेबाट जाेगिन फाइबरका ब्लयाङकेट सिरक बितरण गरेको छ । बिष्णुपुर गाउँपालिकाका झण्डै एक सय भन्दा बढि दलित , बिपन्न ,गरिब ,ज्येष्ठ नागरिक ,एकल महिला सहितलाइ एक कार्यक्रमका बिच साे सिरक बितरण गरेका हुन् । बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेले गरिब, दलित ,बिपन्न ,ज्येष्ठ नागरिक ,एकल महिलाहरुलाइ जीवन यापन गर्नमा समस्या उत्पन्न भइरहेकोले यसलाई मध्यनजर गरि पालिका भित्रका सम्पूर्ण गरिब ,विपन्न ,दलित ,ज्येष्ठ नागरिक र एकल महिलाहरुलाइ पहिलाे चरणमा साे सिरक बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिनुभयाे ।
बिगत केही दिन देखि बढेको अत्यधिक चिसाेले यहाँका गरिब ,दलित ,विपन्न तथा बिधवा र ज्येष्ठ नागरिकहरुकाे चिसाेले कठयाङगिएर मृत्युु समेत हुने गरेकाले उक्त फाइबरकाे सिरक बितरण गरेकाे गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिनुभयाे । यता अत्यधिक चिसाे बढेको बेला चिसाेबाट जाेगिनकाे लागि फाइबरकाे सिरक पाएपछि खुशि ब्यक्त गर्छन स्थानीय बृङबृदाहरु । स्थानीय रामेश्वर मुखियाले पालिकाले आफु जस्ताे गरिब तथा दलितहरुलाइ याे चिसाे माेसममा जाेगिनकाे लागि फाइबरकाे सिरक पाएपछि निकै खुशि ब्यक्त गरेका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post