रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने जन विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहि आएको छ । ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजा आजा गरिन्छ ।
यसै क्रममा प्रतापपुर गाउँपालिका-८ गंगापुर स्थित डाइमाण्ड इन्ङ्लिस बोर्डिङ स्कूलले विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाएको छ । विद्यालयले देवी सरस्वतीको पूजा अर्चना एवं मूर्ति प्राण प्रतिष्ठा गरी सरस्वती पुजा मनाएको हो ।
देवी सरस्वतीको मूर्ति प्राण प्रतिष्ठा विद्यालयका संचालक प्रमुख मनोज कुमार पालले गर्नुभएको थियो । त्यसैगरी सरस्वती पुजा अवसरमा १२ जना विद्यार्थी भर्ना गरी अक्षरआरम्भ गराइएको विद्यालयका प्रधानाध्यापक सरिता ठाकुरले जानकारी दिइन । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने प्रचलन छ ।
विद्यालयले गत बर्षको परिक्षामा उत्कृष्ट अंक ल्याई पास भएका नर्सरी देखि कक्षा ६ सम्मका बालबालिकालाई विद्यालयका प्रअ ठाकुरले कलम कापी वितरण गर्नुभएको थियोे भने स साना बालबालिकाले सांस्कृतिक कार्यक्रम मार्फत आ- आफ्ना कला समेत प्रस्तुत गरेको विद्यालयका शिक्षक शीत वसन्त यादवले बताए । अहिले उक्त बोर्डिङ स्कुलमा ३ सय ६५ जना बालबालिका अध्यनरत छन ।
Discussion about this post