मान बहादुर ठकुल्ला /टीकापुर । कैलालीको टीकापुरमा नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे एक कार्यक्रमका बिच उद्घघाटन भएकाे छ । टीकापुर नगरपालिका शिक्षा शाखाकाे सहयाेगमा राष्ट्रिय माध्यमिक बिद्यालय बेलुवाकाे अायाेजनामा प्रतियोगिता शुरु भएकाे हाे । राष्ट्रिय माबि बेलुवाका अध्यक्ष दान बहादुर मगरकाे सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका का नगर उपप्रमुख खड्क बहादुर शाह प्रमुख अतिथि रहेका थिए भने टीकापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष तथा प्रवक्ता बलिराम चाैधरी बिशिष्ठ अतिथि रहेका थिए । नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता टीकापुर नगरपालिका वडा न १ देखि ३ सम्मका सरकारि र संस्थागत बिद्यालयकाे सहभागिता राष्ट्रिय माबि घियापुछ्रीमा भई रहेकाे छ भने वडा न ४ देखि वडा न ९ सम्मका सरकारि र संस्थागत बिद्यालय राष्ट्रिय माबि बेलुवाकाे खेल मैदानमा खेलकुद संचालन भईरहेकाे राष्ट्रिय माबि बेलुवाका प्राधानाध्यापक बिक्रम धामीले जानकारी दिए । दुबै स्थानबाट छनाैट गरि २० गते देखि फाईनल खेलहरु हुने समेत जानकारी दिएका छन । राष्ट्रिय माबि बेलुवाका प्र अ बिक्रम धामीकाे स्वागत मनतव्य संगै शुरु भएकाे कार्यक्रममा त्रिभुवन माबि बटनपुरका प्र अ रबिन्द्र कठायत , साबिक नारयाणपुर गाबिसका पुर्व अध्यक्ष फकिर सिह कडायत , टीकापुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष यज्ञ प्रसाद न्याैपाने लगायतले मनतब्य राखेका थिए । टीकापुर नगरपालिका भित्रका सरकारि र संस्थागत गरि करिब ४० भन्दा बढी बिद्यालयकाे सहभागिता रहेकाे छ । नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र छनत्राकाे सहभागिता हुने गरिभलिबल, ज्याबिङ्ग थ्राे, हाईजम्प, लमजङ्ग, दाैड, रिले दाैड लगायतका खेलकुद हुने अायाेजक बिद्यालय ले जनाएकाे छ ।
Discussion about this post