इनरुवा । भविष्यमा युवाहरुले नै देशको नेतृत्व गर्ने उद्देश्यका साथ सुनसरीको कोशी गाउँपालिकामा एक महिनायता विभिन्न वडामा नमुना यूवा संसद अभ्यास गरिएको छ । गाउँपालिकाको सबै वडाको प्रतिनिधित्व हुने गरि युवाहरुले सनिबार लौकही स्थित बीपि स्मृति हलमा संसदको अभ्यास गरेका हुन् । कोशीमा सुनिता कुमारी साहु नमुना यूवा संसदमा सभामुखको रुपमा रहनुभएको दायाँतिर प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए । संसद बैठकजस्तै देखिने यो दृश्य भने कोशी गाउँगालिकाले पहिलो पटक आयोजनामा गरेको नमुना युवा संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रम गरिएको हो ।
युवा सांसदहरुले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, रोजगारी, युवा नीति निर्माण, सामाजिक विकृति र विंसंगति, लागूपदार्थ दुव्र्यसनी, युवा सीप रोजगार, युवामा सूचना प्रविधिको पहुँच, युवा क्लबको क्षमता विकास, छुवाछूत तथा लैंङ्गिक विभेद, दाइजोप्रथा, विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम, साइवर क्राइम र यसको नियन्त्रण, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा सरकारको काममा आफ्नो धारणा तथा प्रश्नहरु राख्दै अभ्यास गरेका छन् । त्यसपछि यूवा नमुना प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन दिनुभएको थियो । राष्ट्रपति सन्तोष साहु , प्रधानमन्त्रीमा सुरज कुमार पोदार, सभामुखमा सुनिता कुमारी साहु, शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा सरोज कुमार यादव, श्रम रोजगार तथा सामाजिक विकास मन्त्रीमा रोशन कुमार शर्मा, युवा तथा खेलकुदमन्त्रीमा सानेबाबु यादव, महासचिव सुजिता कुमारी उराँव, प्रमुख प्रतिपक्ष दलको प्रमुखमा सोनी झा लगायतकाले भूमिका निर्वाह गर्नुभएको थियो ।
सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रीपरिषद गठन गरिएको थियो । सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने?, सत्ता पक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिने ? कसरी सदन चलाउने ? लगायतका कुराहरु सिकाई भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने ? भन्ने सिकाई भएको युवा संसद ममिता कुमारी मण्डलले बताउनुभयो । भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवस्यक रहेको गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी यादवले बताउनुभयो । समापन कार्यक्रममा बोल्दै मानव अधिकार सञ्जल सुनसरीका अध्यक्ष रमेश भट्टराईले युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राख्नुभयो । भट्टराईले आफ्नो जिम्मेबारी, दायित्व र कर्तव्यमा युवालाई अग्रसर बनाउदै राज्यलाई सुझाव दिन सक्ने युवा तयार पर्नाको लागि कोशी गाउँपालिकाको यो कार्यक्रम निकै प्रभावकारी भएको पाइएको बताउनुभयो ।
युवा अवस्थामा यस्तो खाले तालीम प्रयोगात्मक हुदाँ युवालाई देशको निति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने पत्रकार पवन रौनियारले वश्वास व्यक्त गर्नुभयो । कोशी गाउँपालिका भित्रका प्रत्येक वडाको भेलाबाट १५ जनाका दरले वडास्तरीय यूवा क्लब १६ वर्ष देखि २४ वर्ष उमेरका १२० जनालाई युवाहरुले देश चलाउने संसद अभ्यासमा सहभागि गराइएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post