इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित बैदेशिक रोजगारको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउने उद्धेश्यले निर्वाचित जनप्रतिनिधिहरुसँग सामी कार्यक्रमको विषयमा छलफल भएको सामी परियोजनाका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो । भाेक्राहा नरसिंह गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत आयोजना गरीएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाएर जान सकिने बताउनुभयो ।
सामान्य सूचना नपाएर भाेक्राहा नरसिंह गाउँपालिकाका नागरिकहरु ठगीरहेको भन्दै कार्यक्रमले धेरै राम्रो काम गरेको कार्यक्रममा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा सामी हेल्भेटासका कार्यक्रम अधिकृत देवनारायण चाैधरीले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी कार्यक्रममा सामी कार्यक्रम संयोजक भट्टराईले सामी कार्यक्रमले जिल्लामा गरीरहेको काम, आप्रवासी श्रोत केन्द्रको काम, सामी परियोजनाले गरीरहेको न्याय, सूचना, मनोपरामर्श, सिप लगायतको विषयमा जानकारी गराउनु भएको थियो । साथै यस आर्थिक बर्षमा भएको कार्य विवरण र आगामी आर्थिक बर्षमा गरिने योजनाहरुको बारेमा समेत भट्टराईले जनप्रतिनिधिहरुलाई जानकरी गराउनु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष आजादको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराव, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष हारूणा अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव, वडा नम्बर ८ का वडाध्यक्ष हाजी उसमान अंसारी (भाेला), प्रशासन शाखा प्रमुख वसन्त प्रभा खनाल, स्वास्थ्य शाखा प्रमुख हिरा साह, शिक्षा शाखा प्रमुख रमेश तिम्सिना, लेखा शाखा प्रमुख विशेष गाैतम, राेजगार संयाेजक शाेभा मेहता, राेजगार सहायक पारस दाहाल, एमआईएस अपरेटर खुश्बु कुमारी साह, कृषि शाखा प्रमुख विवेक यादव, मेडपा कार्यक्रम संयाेजक याेगेन्द्र यादव, वितिय सहजकर्ता रामकुमार यादव, अमिन महान्नद यादव, रिटर्नी स्वयंसेवक चुनचुन झा , त्रिभुवन राम लगायत अन्य वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
Discussion about this post