दिनेश यादव/ विराटनगर
हालै सम्पन्न चौथौ राष्ट्रपति रनिङ्ग कप तथा प्रतिभा पहिचान २०७९ मा यस बुढीगंगा गाउपलिका भित्रका सम्पूर्ण विद्यालयहरुले भाग लिएका थिए । कार्यक्रम यही माघ २० गते देखि २३ गतेसम्म चलेको थियो । कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न विभिन्न प्रकारका खेलकुद भलिबल कबड्डी तथा वक्तृत्वकला नृत्य गायन त्यस्तै एथलेटिक्स तर्फ रनिङ्ग हाइजम्प लङ्गजम्प ज्याभेलिङ थ्रो सटपुट रिले रेस जस्ता खेलहरु समावेश गरिएको थियो । जसमा यस बुढीगंगा गाउपालिका १ मा अवस्थित हरित तारा एकेडेमीका विद्यार्थी भाइबहिनी हरु पनि सहभागी भएका थिए र आफ्ना आफ्ना प्रतिभा देखाए । जस मध्ये यस विद्यालयकी मेधावी छात्रा रोजिना रेग्मी वक्तृतकलामा आफ्नो कला प्रस्तुत गरेर विभिन्न विद्यालयका छात्रछात्रा हरुलाई पाखा लगाएर दोश्रो स्थान हासिल गर्न सफल भइन् । कार्यक्रमको अन्तिम दिन एक समारोह बीच उनीलाई शिल्ड मेडल र प्रमाणपत्र सहित खादा ओढाएर फुलमाला लगाएर सम्मान गरेको थियो । साथसाथै कबड्डी तथा भलिबल खेलमा छात्रछात्राले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही उपलब्धीलाई अवसर बनाएर विद्यालय परिवारले आफ्नो सम्पूर्ण शिक्षकशिक्षिका अभिभावक विद्यार्थी तथा शुभ चिन्तकहरुमा बधाई टक्र्याउँदै स्कुलकी छात्रा रोजिना रेग्मी को उत्कृष्ट प्रदर्शनलाई कदर गर्दै विशेष सम्मान तथा धन्यवाद दिएका थिए । आगामी दिनहरूमा उनको सफलताको पनि कामना गरे ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post