मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ मा ब्यवशाय सुरु र सुधारका लागि ३ दिने तालिमको अाज समापन गरिएकाे छ । टीकापुर नगरपालिका वडा न ६ ,७,८ र ९ का साना ब्यवशायहरुका लागि संचालन गरिएकाे जसमा १९ जना ब्यवशायीहरुकाे सहभागिता रहेकाे थियाे । दिगाे बिकास समाज भजनीकाे अायाेजनामा र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालकाे सहयाेगमा संचालित पाेषण तथा उत्थानशिल जिविकाेपार्जन परियाेजना अन्तरगत संचालन गरिएकाे तालिमकाे समापन दिगाे बिकास भजनीका सचिब धनिराम राजिकाे सभापतित्वमा भएको थियाे भने टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि ठकुल्लाले सहभागी लाई ब्यवशाय ठुलाे सानाे नभनि लगनशिल भई काम गर्न र उत्कृष्ट ब्यशायि हुन समेत शुभकामनन दिएका छन । कार्यक्रममा दिगाे बिकास समाज भजनीका परियाेजना अधिकृत बिनाेद शाह, तालिम का सहजकर्ता मिना जाेशि लगायतले धारणा राखेका थिए । दिगाे बिकास समाज भजनीले टीकापुर भजनी लगायतका क्षेत्रमा स्थानियलाई सिपमुलक तालिम र कृषि सम्बन्धि तालिम संचालन गरि स्वराेजगार बनाउनमा पहल गरिरहेकाे छ ।
Discussion about this post