मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुरमा प्रतिबन्धित लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार साँझ ५ :३० बजेको समयमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१४ स्थित सडक खण्डबाट टीकापुर १ ब्लक नं.२४ बस्ने बर्ष १९ को प्रमोद बराल र टिकापुर नगरपालिका वडा नं.९ खक्रौला बस्ने बर्ष ३३ को लिलेन्द्र कुमार थापालाई लागु औषध (खैरो हिरोईन) को कारोवार गरीरहेको अवस्थामा फेला पारी निज प्रमोद बरालको साथबाट कालो प्लाष्टिकको पोका थान ४ (चार) कुल तौल ३४० मिलिग्राम लागु औषध (खैरो हिरोईन) र नगद रकम रु.१३,८५०।– (तेह्र हजार आठ सय पचास) सहित पक्राउ गरीएकोईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी उद्बब भाटले जानकारी दिएका छन । निज दुबै जना माथि लागुऔषध सम्बन्धि मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरि अनुसान्धान भईरहेको जनाएको छ ।
Discussion about this post