शुभ नारायण यादव /सप्तरी । सहयोगी हातहरुको अग्निपीडितहरुलाई एउटा सानो सहयोग अभियान अन्तरगत धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा राहत वितरण गरेको छ ।
आगलागिबाट आहत सप्तरीको रुपनी गाउपालिका-१ रायपुरका ४ अग्निपीडितहरु तेज नारायण यादव,माया राम यादव,राम विलास यादव र अनिल यादवका परिवारहरुलाई सहयोग स्वरुप त्रिपाल, झुल तन्ना लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत पुष २९ गते आगलागि हुँदा अनुमानित १५ लाख भन्दा बढिको धनसम्पतिको क्षति भएको थियोे ।
उक्त कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, इलाका प्रहरी कार्यालय रुपनीको प्रहरी नायव निरीक्षक सूर्य नारायण चौधरी, न्यूज टुडेका कार्यकारी सम्पादक बृजमान तामांग,पुर्व प्रभात दैनिकका सम्पादक बिन्दु कुमार यादव, युवा पत्रकार निखिल राउत लगायत स्थानीय व्यक्तिहरुकाे उपस्थिति रहेको थियाे ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post