शुभ नारायण यादव /सप्तरी । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर स्वास्थ्य चाेकिमा जेभि फाउन्डेसनद्वारा रक्तदान गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नं १ को स्वास्थ्य शाखाको सहयोग र जे. भी. फाउन्डेसन नेपाल राष्ट्रिय समिति, मधेश प्रदेशको आयोजनामा अायाेजित साे रक्तदान कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न. १ का वडाअध्यक्ष ललन प्रसाद यादवकाे अध्यक्षता तथा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यकममा विशिष्ट अतिथि जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादव ,कार्यपालिका सदस्य तीर्थ नारायण राय, छिन्नमस्ता गाउँपालिकाका प्रशासन शाखाका कर्मचारी दीपेन्द्र यादव , लेखा शाखा प्रमुख संजय मेहता, जे. भी. फाउन्डेसन मधेश प्रदेश प्रमुख कुशेश्वर यादव ,पूर्व छिन्नमस्ता गाउँपालिका वडा नं १ का वडा अध्यक्ष विनोद यादव लगायतकाहरुको सहभागी रहेको थियो । साे रक्तदान कार्यक्रममा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आफैबाट यस पटक गरी ३३ तैतिसो पटक रक्तदान गरी रक्तदान कार्यक्रको शुभारम्भ गर्नु भएको थियाे भन्ने साे रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post