दिपेन्द्र यादव/ इनरुवा । शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए ।
साेही अवसरमा आज महाशिवरात्री पर्व विविध कार्यक्रम गरि सुनसरी सहित देशभर मनाउँदै छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज महाशिवरात्रीकाे अवसरमा कार्यालय परिसरमा विरुवा वृक्षरोपण कार्यक्रम गरि महाशिवरात्री मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकाल तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र प्रहरी कार्यालयका सम्पुर्ण प्रहरी कर्मचारीहरुकाे उपस्थितिमा महाशिवरात्रिको उपलक्ष्यमा कार्यालय परिसर भित्र रुद्राक्ष को विरुवा वृक्ष रोपण गरि महाशिवरात्री मनाइएको हाे ।
उता हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।
कति चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाकालागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्यहरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि विजहरु छर्ने आदिजस्ता विषयवस्तुसंग सम्बन्धित छन् ।
Discussion about this post