मान बहादुर ठकुल्ला
टीकापुर / कैलाली प्रहरीले हत्याका फरार अभियुक्त १३ वर्षपछि पक्राउ गरेकाे छ । धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय अर्जुन भट्टराईलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।धनगढी स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।उनकाअनुसार भट्टराईलाई जिल्ला अदालतले २४ कात्तिक २०६६ मा २ वर्ष कैद सजाय तोकेको थियो । यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्ककै टोलीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । भने सोही ठाउँ बस्ने ४७ वर्षीय मोहन शाहलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए । शाहलाई २४ माघ २०७१ मा जिल्ला अदालतले ४ दिन कैद र ३२ हजार रुपैयाँ जरिवाना तोकेको थियो । दुवै जनालाई जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post